युरोकप फुटबलमा आज तीन खेल हुँदै


काठमाण्डु – युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ’ए’ मा रहेको वेल्स र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

अजरबैजानको बाकुमा हुने यि दुईबीचको खेल नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ । वेल्स र स्विजरल्याण्ड दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

विश्व वरीयतामा स्विजरल्याण्ड१३ औं स्थानमा छ भने वेल्स १७ औं स्थानमा छ । आज समृह ’ए’ को एक मात्र खेल हुने छ भने समुह ’बि’ का दुई खेल हुने छ । यस्तै समूह ’बी’ को पहिलो खेलमा डेनमार्क र फिनल्याण्डबीच खेल हुनेछ । डेनमार्क र फिनल्याण्डबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । यस्तै समूहको दोस्रो खेलमा बेल्जियम र रुसबीच प्रतिस्पर्धा हुनेछ ।

रुसमा हुने दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । फिफा वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम रुसलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ । रुस पनि घरेलु मैदानमा बेल्जियमलाई हराएर विजयी सुरुवात गर्न चाहन्छ । गएराति भएको उद्घाटन खेलमा इटलीले टर्कीलाई ३–० गोलले हराएको छ । प्रतियोगितामा युरोपका २४ देशले प्रतिस्पर्धा गरिरहेका छन् । जुलाई १२ गतेसम्म हुने खेल ११ सहरमा सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement