जनताको समृद्धिका लागि सहयोग आवश्यक : मुख्यमन्त्री राई


विराटनगर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सबल, समृद्ध र सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

लायन्स क्लब डिष्ट्रिक ३२५ ‘ए’ वनको छैटौँ वार्षिक सम्मेलनको शनिबार उद्घाटन गर्दै उनले मुलुकको आर्थिक विकास र जनताको समृद्धिका लागि लायन्स क्लबको सहभागिता र सुझाव आवश्यक रहेको बताए हुन् ।

  मुख्यमन्त्री राईले जनताले आफ्नो हातले लेखेको संविधानबाट आफ्नो अधिकार सुनिश्चित गरेको बताए । उनले मुलुक संघीय संरचनामा गई तीन तहको सरकारको गठन भइसकेकाले स्थानीय सरकारले शान्ति, सुशासन, स्थानीय विकास र समृद्धिको बाटो तय गरेको बताए ।

 मुख्यमन्त्री राईले देश लामो संक्रमणमा गुज्रेकामा अहिले राजनीतिक स्थायित्व कायम भई नयाँ युगमा प्रवेश गरेसँगै विकासका पूर्वाधार र आर्थिक उन्नतिका कार्यमा सहयोग पु¥याउन लायन्स क्लबको सहयोग आवश्यक रहेको औँल्याए । उनले लायन्स क्लबले सामाजिक उत्तरदायित्व बोध भई नयाँ उचाइमा सामाजिक कार्य र भाइचाराको सम्बन्ध कायम गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement