परराष्ट्रमन्त्री खड्का र युरोपेली संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता


काठमाण्डु – नेपाल भ्रमणमा रहेको युरोपेली युनियन (इयु)को संसदीय प्रतिनिधिमण्डलले आज परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेको छ ।

युरोपेली संसदकी उपसभापति इभलेन रेगनरको नेतृत्वमा आएको संसदीय प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्रीसँग भेटवार्ता गरेको हो । भेटमा दुवै पक्षले बहुपक्षीयता र नियममा आधारित विश्व व्यवस्थाको प्रवद्र्धनका लागि मिलेर काम गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

युरोपेली युनियनको संसदीय टोली नेपाल भ्रमणको सिलसिलामा बिहीबार काठमाण्डु आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement