भारतले ईपीजी रिपोर्ट बुझेर कार्यन्वयनमा लानुपर्छः परराष्ट्रमन्त्री ज्ञवाली


काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रबुद्ध (समूह)ईपीजीले तयार पारेको रिपोर्ट भारतले बुझि अध्ययन गरेर कार्यन्वयनमा लैजानुपर्ने बताएका छन् ।

भारत भ्रमणमा रहेका मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय पत्रकारहरुसँगको अन्तरक्रियामा बोल्दै भारतले ईपीजी प्रतिवेदन बुझेर उक्त रिपोर्टलाई कार्यन्वयनमा लानुपर्ने धारणा राखेका हुन् ।

उनले रिपोर्टका सम्बन्धमा भारतको बुझाई र दृष्टिकोण फरक भएको बताए । उनले भने, ‘रिपोर्ट एउटा वास्तविकता हो । त्यसले यसलाई बुझ्नुपर्छ ।’

२०७३ सालमा नेपाल र भारतबीच रहेका १९५० लगायतका सन्धि र सम्झौता पुनरावलोकनका लागि सुझाव दिन ईपीजी गठन गरिएको थियो । ईपीजीको दुई वर्षे समयावधि २० असार २०७५ मा सकिएको हो ।

गत वर्ष असार १५–१६ मा काठमाण्डुमा बसेको ईपीजीको अन्तिम बैठकले सुझावहरु समेटेर संयुक्त प्रतिवेदनलाई अन्तिम रुपमा दिएको थियो । सोही बैठकले रिपोर्टलाई टुंगो लगाउँदै दुवै देशका प्रधानमन्त्रीलाई बुझाउने निर्णय गरेको थियो ।

त्यसपछि मात्र रिपोर्ट सार्वजनिक गर्ने सहमति भएको थियो । तर, संयुक्त प्रतिवेदन तयार भएको साढे दुई वर्ष बितिसक्दा पनि भारतले रिपोर्ट बुझ्न आनाकानी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement