वनमन्त्रीको अष्ट्रेलियन राजदूतलाई आग्रह : नेपालीलार्इ नेपालबाट नै भिसा उपलब्ध गराइदिनुस्


काठमाडौँ- वन तथा वातावरणमन्त्री शक्तिबहाद’र बस्नेतले नेपालका लागि अष्ट्रेलियाका राजदुत पिटर बडसँगको शिष्टाचार भेट गरेका छन्  । भेटमा अष्ट्रेलिया अध्ययन गर्न जाने नेपालीलाई प्रवेशाज्ञा प्रक्रियाका लागि भारतको नयाँदिल्ली जान’पर्ने बाध्यता रहेकाले नेपालबाटै उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

मन्त्री बस्नेतले अष्ट्रेलिया अध्ययन गर्न जाने नेपाली विद्यार्थीले भिसा प्रक्रियाका लागि भारतको नयाँ दिल्ली जानुपर्ने अवस्था अन्त्यका लागि नेपालबाटै भिसा उपलब्ध गराउने व्यवस्था मिलाउन आग्रह गरे । ‘मलाई जानकारी भएसम्म विश्वका विभिन्न मुलुकबाट अष्ट्रेलिया अध्ययनमा जानेमा चौथो बढी संख्या नेपाली विद्यार्थीको छ ।

नेपालबाट बाहिर जाने विद्यार्थीको पहिलो रोजाई अष्ट्रेलिया छ’, मन्त्री बस्नेतले भने, ‘भिसा आवेदनका लागि नयाँ दिल्ली जानुपर्ने अवस्था अन्त्यका लागि पहल गरिदिनुस् ।’ यस्तै मन्त्री बस्नेतले दुई दशकदेखि अष्ट्रेलियाले नेपालको सामुदायिक वनको क्षेत्रमा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा थप सहकार्यको प्रस्ताव राखे ।

जवाफमा राजदूत बडले नेपालमा हालै सम्पन्न निर्वाचनमा बाम गठबन्धनले बहुमत हासिल गरेकामा बधाई ज्ञापन गर्दै बलियो सरकार बनेकाले नेपालमा राजनीतिक स्थिरता र समृद्धि कायम हुने विश्वास अष्ट्रेलिया सरकारको रहेको बताए । उनले आफ्नो जानकारीमा भएसम्म अष्ट्रेलियामा हाल १ लाखभन्दा बढी नेपाली विद्यार्थी अध्ययनरत रहेको र अध्यय सकिएपछि स्वदेश फर्किउन् भन्ने चाहना रहेको उल्लेख गरे ।

मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले दुई दशकदेखि अष्ट्रेलियाले नेपालको साम’दायिक वन क्षेत्रमा सहयोग गर्दै आएको बताउँदै आगामी दिनमा पनि थप सहकार्यको प्रस्ताव राखे । सो अवसरमा राजदुत बडले अष्ट्रेलियाली सरकारले नेपालको जलविद्युत, वातावरण र खानेपानीका क्षेत्रमा लगानी गर्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement