चोलेन्द्रले आरोप लगाएका पूर्व प्रधानन्यायाधीश पनि समितिमा बयान दिन नजाने


काठमाण्डु- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आरोप लगाएका पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका छन् ।

महाभियोग सिफारिस समितिले बुधबार पत्र काटेर पूर्व प्रधानन्यायाधीशहरूलाई बिहीबार समितिमा बयानका लागि बोलाएको थियो । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले बुधबार नै महाभियोग सिफारिस समितिमा बयानका लागि नजाने निर्णय गरेको थियो ।

स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्त विपरित संसदीय समितिले बयानका लागि बोलाएपछि फुलकोर्टले समितिमा नजाने निर्णय गरेको हो ।

त्यसलगत्तै पूर्व प्रधानन्यायाधीशहरूले पनि बयानका लागि महाभियोग सिफारिस समितिमा नजाने निर्णय गरेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement