चार दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल जारी


काठमाण्डु – राष्ट्रपति निर्वाचनको विषयमा चार दलबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र, नेपाली कांग्रेस,एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच राष्ट्रपति उम्मेदवारको विषयमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement