फ्रान्समा धूमपान गर्न नपाइने स्थान विस्तार


काठमाण्डु- फ्रान्स सरकारले धूमपानविरोधी नयाँ योजना ल्याएको छ । यो योजनाले देशमा धूमपान गर्नेहरूको संख्या घटाउने लक्ष्य राखिएको छ ।

योजनाअनुसार धूमपान गर्न नपाइने क्षेत्र थप हुनेछन् । फ्रान्सेली स्वास्थ्यमन्त्री ओरेलियन रुसोले सरकारले सन् २०२४ को पहिलो त्रैमासिकमा विभिन्न योजना अघि बढाउने बताए ।

धूमपान गर्नेलाई कति जरिवाना गरिने भन्ने खुलाइएको छैन । विशेष गरी युवालाई धूमपान गर्नबाट रोक्न र गरिरहेकालाई छोड्न मद्दत गर्ने लक्ष्य राखेर यो योजना ल्याइएको हो । धूमपान गर्न नपाइने क्षेत्र समुद्र तट, पार्क, बगैँचा, वन र विद्यालयवरपर हुन् ।

फ्रान्समा धूमपानका कारण प्रतिवर्ष ७५ हजार मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । त्यहाँ धूमपानका कारण प्रतिदिन लगभग २०० जनाको मृत्यु हुने गरेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement