फ्रान्समा हेलिकोप्टर दुर्घटना, उद्धारमा खटिएका पाँच जनाको मृत्यु


एजेन्सी – फ्रान्समा मंगलबार भएको एक हेलिकोप्टर दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
सो दुर्घटनाबारे मंगलबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले जानकारी दिएका हुन् । उनले उद्धार कार्यमा खटिएका पाँच जनाको निधन भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

अन्य सदस्यलाई उद्धारका काममा खटिएका फ्रान्सेली हवाई उद्धार समूहका तीन जनासहित पाँचको ज्यान गएको फ्रान्सेली राष्ट्रपति म्याक्रोँको ट्वीटलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

हेलिकोप्टर दुर्घटनामा पर्दा फ्रेन्च एयर रेस्क्युका पाँचजना आपतकालीन सेवा सदस्यको मृत्यु भएको र अर्का एकजना घाइते भएका बताइएको हो । यस दुर्घटनाको कारणका बारेमा अनुसन्धान शुरु भएको छ ।

उक्त उद्धार टोली कसलाई उद्धारका लागि गएको थियो भन्ने स्थानका बारेमा पनि केही बताइएको छ । प्रारम्भिक सुचनामा ती उद्धारकर्मीहरु निकै अप्ठेरो स्थानमा उद्धारका लागि पुगेको बताइएको छ । यस विषयमा विस्तृत जानकारी आइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement