फ्रान्सका मन्त्रीलाई कोरोना संक्रमण, संक्रमित मध्ये ६९ जनाको अवस्था गम्भीर


एजेन्सी – चीनको हुवेई प्रान्तको वुहान शहरबा फैलिएको कोरोना भाइरस विश्वका सय भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

यो भाइरसबाट चीनमा मात्रै ३१०० मानिसको मृत्यु भइसकेको छ । फ्रान्सका एक मन्त्रीलाई पनि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ ।

फ्रान्सको संस्कृति मन्त्रालयले विज्ञप्ति जारी गर्दै संस्कृति मन्त्री फ्र्यान्क रियस्टरलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको हो । उनको स्वास्थ्य अवस्था भने ठिक रहेको मन्त्रालयले जनाएको छ ।

फ्रान्समा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भइसकेको छ । एक हजार ४१२ जना संक्रमित छन् भने संक्रमित मध्ये ६९ जनाको अवस्था गम्भीर रहेको स्थानीय मिडियाहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement