कोसी,मधेस,लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना


काठमाण्डु – जल तथा माैसम पूर्वानुमान महाशाखाले शुक्रबारकाे माैसम पूर्वानुमान गरेकाे छ । देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी,मधेस,लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । कोसी, मधेस, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस, वाग्मती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैबीच, झापा तथा आसपासका क्षेत्रमा आज बिहान भारी वर्षा भएको छ । झापाको केचनालगायत नेपाल भारत सीमा आसपासका क्षेत्रमा भारी वर्षा भएको नेपाल फ्ल्ड अलर्टले जनाएको छ ।

नवलपरासी, रूपन्देही, पाल्पा, कैलाली र आसपास केही स्थानमा पनि भारी वर्षा भएको छ । उक्त स्थान आसपास भई बहने साना नदीहरूमा आकस्मिक बाढी आउनुको साथै होचा स्थानमा डुवान हुन सक्ने नेपाल फ्ल्ड अलर्टले जनाएको छ । आउँदो ६ घण्टा सतर्क रहन आग्रहसमेत गरिएको छ । तिनाउ नदी तटिय क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि नेपाल फ्ल्ड अलर्टको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement