अभिनेत्री मिरुनासँग फुर्पा तामाङले मागे माफी


काठमाण्डु –  ‘कबड्डी ४’की अभिनेत्री मिरुना मगरले दुर्व्यवहारको आरोप लागेका फुर्पा तामाङलाई माफी दिएकी छन् ।

दुवै पक्षबीच भएको सहमतिमा मगरले आराेपी फुर्पालाई भाइ सम्झेर माफी दिएकी हुन् भने अभिनेत्री मगरले पनि बौद्ध धर्मावलम्बीसँग माफी मागेकी छन् । मंगलबार मिरूना मगर र आरोपित मुगुका फुर्पा तामाङ पक्षबीच छलफल भएको हाे।

त्यसैगरी अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement