गगन थापाको प्रधानमन्त्रीलाई सुझाव :पार्टीभित्रको विवाद मिलाउन वा चर्काउन नलाग्नुस् ,कोरोना नियन्त्रणमा लागौँ

गगन थापाको प्रधानमन्त्रीलाई सुझाव :पार्टीभित्रको विवाद मिलाउन वा चर्काउन नलाग्नुस् ,कोरोना नियन्त्रणमा लागौँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेपाली कांग्रेसका नेता तथा पूर्वस्वास्थ्य मन्त्री गगन थापाले कोरोना नियन्त्रणमा लाग्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

आज एक भिडियो सन्देश जारी गर्दै पार्टी भित्र बिवाद मिलाउन वा चर्काउन भन्दापनि कोरोना नियन्त्रणमा लाग्न आग्रह गरेका छन् । पुनः प्रधानमन्त्रीको जिम्मेवारी पाएका केपी शर्मा ओलीसँग मिलेर काम गर्न आब्हान गरेका छन् ।

थापाले अबको केही समय ओलीसँगका सबै असहमतिलाई विसाएर जनताको जीवन रक्षा गर्न साथमा उभिने बचन दिएका छन् । उनले भने, जनताको जीवन जोगाउन लाग्ने हो भने म र म जस्ता अन्य कयौंलाई नदीको अर्को किनारामा होइन तपाइँसँगै उभिएको पाउनुहुनेछ, तपाइलाई मद्दत गरिरहेको पाउनुहुनेछ, तपाइको सरकारलाई सफल बनाउन लागिरहेको पाउंनुहुनेछ ।