काठमाण्डु-४ मा गगन थापा अत्यधिक मतले विजयी


काठमाण्डु- काठमाण्डु ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा निर्वाचित भएका छन् । थापाले नेकपा एमालेका राजन भट्टराईलाई पराजित गर्दै संसद प्रवेश गरेका हुन् ।

प्राप्त विवरण अनुसार थापाले २१ हजार ३०३ मत ल्याउँदै बिजयी हुँदा भट्टराईले १३ हजार ८४६ मत पाएका छन्।  २०७४ को चुनावमा पनि थापाले यस क्षेत्रबाट भट्टराईलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement