राष्ट्रपतिमा एमालेको उम्मेदवारलाई हराएर छाड्छौँ: गगन थापा


काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको निर्वाचनमा एमालेको उम्मेदवारलाई हराएरै छाड्नै बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले एमालेको उम्मेदवारलाई हराउने रणनीतिमा आफूहरु रहेको बताएका हुन् ।

एमालेको उम्मेदवार राष्ट्रपति भए ‘सम्माननीय कठपुतली राष्ट्रपति’ बन्ने उनको भनाइ छ । ‘सम्माननीय कठपुतली राष्ट्रपति’ भने हुन्छ । त्यसकारण हामीले एमालेको उम्मेदवारलाई हराउनुपर्छ र हराएरै छाड्छौँ ।’, उनले भने ।

हिजोको राष्ट्रपतिका कारण फेरि एमाले उम्मेदवारलाई राष्ट्रपति बनाए संविधान दुर्घटनामा पर्छ कि भन्ने डर रहेको थापाले बताएका छन् ।
त्यस्तै थापाले सरकारलाई विश्वासको मत किन दिएको भनेर आफूहरुलाई प्रश्न गर्न मिल्ने बताएका छन् । तर एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि यस्तै प्रश्न उठ्ने उनको दाबी छ।

प्रतिक्रिया दिनुहोस
Advertisement