ललिता निवास प्रकरण : विष्णु पौडेलको नाममा गगनले सुनाए ‘स्वस्थानी’


काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवास जग्गा प्रकरणमा केहीलाई छुट दिएको विषयमा स्वस्थानी ब्रत कथाको शैलिमा व्यंग्य गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले व्यंग्यात्मक शैलिमा बालुवाटार प्रकरणमा उन्मुक्ति पाएका र संरक्षण दिनेमाथि व्यङ्य गरेका हुन् ।

‘कुमारजी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु । थाहा पाइहाले होइन, होइन भन्नु । चित्त बुझाउन नसकेर अप्ठ्यरोमा पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र दुई पटक विष्णु, विष्णु भन्नु ।

त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा गएर खड्ग उचाल्नु र चार पटक विष्णु, विष्णु भन्नु । त्यसको प्रभावले तिम्रो र हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि, देख्नुपर्नेले देख्ने छैनन् । इतिश्री अख्तियार पुराणे, कुमार विष्णु संवादे, श्री स्वस्थानी व्रतकथाय बालुवाटार प्रकरण वर्णनम् प्रथमोध्याय ।’

प्रतिक्रिया दिनुहोस
Advertisement