प्रधानमन्त्री आउँछन्-जान्छन्, गठबन्धनकाे मुल नेता शेरबहादुर देउवा हुन् : महामन्‍त्री थापा


काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री आउने-जाने क्रम चलिरहेने भए पनि मुल नेता कांग्रेस सभापति शेरबहादुर देउवा नै भएको बताएका छन्। कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले गठबन्धनको  प्रमुख नेता सभापति देउवा भएकाे बताएका हुन् ।

‘यो गठबन्धनको नेता प्रमुख मान्छे हाम्रो आदरणीय सभापति शेरबहादुर देउवा हो। प्रधानमन्त्री आउने-जाने क्रम चल्छ तर यसको नेता नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा हो।’, उनले भने । ‘गठबन्धन सरकारमा हाम्रा केही शर्तहरु छन्। जसमा डेमोक्रेसी हाम्रो आधारभूत शर्त हो। गठबन्धन टिकाउनुपर्छ भन्‍ने नाममा हाम्रा आधारभूत मान्यतामा सम्झौता नगरौं। गर्नु हुँदैन।’

त्यस्तै महामन्त्री थापाले पार्टीका कुनै नेतालाई फौजदारी अभियोग लागे निलम्बन गर्नुपर्ने लिखित प्रस्ताव राखेका छन् । ‘कुनै पनि व्यक्तिमाथि फौजदारी अभियोग लाग्छ भने पार्टीसँग अलग राख्नुपर्छ, त्यस्तो अवस्था हुन्न भने निलम्बन गर्नुपर्छ ।’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement