सरकार देशको विधानअनुसार होइन, रास्वपाको विधानअनुसार चल्योः गगन

सरकार देशको विधानअनुसार होइन, रास्वपाको विधानअनुसार चल्योः गगन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोरखा– कांग्रेस सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विधानअनुसार सरकार चलाउन उद्धत रहेको आरोप लगाएका छन् ।

गोरखामा मंगलबार कार्यकर्तासँगको भेटमा थापाले पार्टीको विधानले नभई देशको विधानले सरकार चल्नुपर्ने बताए ।


सरकार चलाउने जनमत पाएको पार्टीले मुलुकको विधान र संविधान मिच्न नमिल्ने तर्क थापाको थियो ।

यद्यपि रास्वपाभित्रको आन्तरिक विषयमा भने आफूहरुलाई सरोकार नभएको उनले उल्लेख गरे ।

‘रास्वपाभित्र के हुन्छ ? त्यो हाम्रो सरोकारको विषय होइन’, थापाले भने, ‘सरकार चलाउने भनेको पार्टीको विधानले होइन, देशको विधानले हो । देशको संविधानले हो ।’

रास्वपाले ५ वर्ष सरकार चलाउने म्याण्डेट पाएकाले काँग्रेस प्रमुख प्रतिपक्षमा रहेर देशको विधानअनुसार सरकार चल्छ कि चल्दैन भन्ने हेर्ने काम गर्ने बताए ।

सरकारले राम्रो गर्दा समर्थन र सहयोग तथा खराब काम गर्दा विरोध र खबरदारी गर्ने थापाको स्पष्टोक्ति थियो ।

थापाले सार्वजनिक पद धारण गरेकाहरुको सम्पत्ति छानबिनमा आफूहरुको सरकारलाई पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए ।

यद्यपि सरकारले गठन गरेको छानबिन आयोथमाथि भने प्रश्न रहेको स्पष्ट गरे ।

थापाले सानै उमेरमा प्रधानमन्त्री र मन्त्री बनेका वर्तमान सरकारका सदस्यहरुलाई सम्पत्तिको श्रोत खुलाउन चुनौती दिए ।

‘काँग्रेसले सार्वजनिक पदमा बसेकाहरुको सम्पत्ति छानबिन हुनुपर्छ भन्दै आएको छ । हामी यो विषयमा सरकारलाई सहयोग गर्न पनि तयार छौं’, थापाले भने, ‘हामी जसरी हिम्मत गरिरहेका छौं । त्यही हिम्मत तपाईहरुसँग छ की छैन ? तपाईहरु प्रधानमन्त्री, मन्त्री बन्नुभएको छ, यो उमेरमा तपाईहरुसँग यति धेरै सम्पत्ति कहाँबाट आयो भनेर सोध्दा त्यो देखाउने साहस गर्न सक्नुहुन्छ कि सक्नुहुन्न ?’