निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत होः गगन थापा


काठमाण्डु – नेपाली कांग्रेसका नेता गगन थापाले निषेधाज्ञाको फाइदा उठाए जनता सडकमा आउने चेतावनी दिएका छन् ।

नागरिक अधिकारकर्मीहरु पक्राउ परेको विषयमा शुक्रबार ट्वीट गर्दै नेता थापाले निषेधाज्ञा उल्लंघन गर्नु गलत भएको बताएका छन् ।

उनले सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपन्च गरे नागरिक सडकमा आउनुको विकल्प नभएको बताएका छन् ।

‘निषेधाज्ञा उल्लङ्घन गरेर सडकमा आउनु गलत हो । तर, जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि,जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै, कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञा बाट फाइदा उठाउने प्रपन्च गर्छ, देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैन’, उनले भनेका छन् ।

झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन लागेको भन्दै प्रदर्शनमा उत्रिएका पत्रकार नारायण वाग्ले, सञ्जिव उप्रेतीसहित ८ जनालाई बालुवाटारबाट प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement