गैंडाको खागसहित सैनिक जवान पक्राउ


काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले गैंडाको खागसहित नेपाली सेनाका दुई जनासहित गोरखा सिरानचोक २ का ३८ वर्षीय डिलबहादुर ढकाललाई पनि पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौंको लैनचौरमा गैंडाको दुई थान खाग लिएर हिँडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।प्रहरीले नेपाली सेनामा कार्यरत गोरखा सिरानचोक गाउंपालिका २ का ३३ वर्षीय हरिबहादुर ढकाल र उदयपुर त्रियुगा नगरपालिका ९ का २६ वर्षीय कृष्णबहादुर मगरलाई पक्राउ गरेको हो ।

हरिबहादुर र कृष्णबहादुरले नेपाली सेनाको परिचयपत्र देखाएपछि उनीहरुलाई कारबाहीका लागि जंगी अड्डामा पठाएको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिए । प्रहरीले डिलबहादुरलाई भने कारबाहीका लागि आज नै जिल्ला वन कार्यालयमा बुझाएको छ । उनीहरुबाट बरामद खाग एउटा ११८० ग्राम छ भने अर्को ६४० ग्रामको रहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement