सुनसरीबाट ४१८ किलो गाँजासहित ४ जना पक्राउ

सुनसरीबाट ४१८ किलो गाँजासहित ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट प्रहरीले ४ क्विन्टल गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।

शनिबार बिहान करिब ५ः३० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले ४१८ किलो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कार चालक धरान उपऔमहानगरपालिका–१३का थमन राई, कारमा सवार मानेभन्ज्याङ गाउँपालिका–५, ओखलढुङ्गाकी जीवनी राई, मोटरसाइकल चालक कटहरी गाउँपालिका–३, मोरङका अमर कामत र मोटरसाइकलमा पछाडि सवार कटहरी गाउँपालिका–३, मोरङका शंकर चौधरी रहेका छन् ।

प्रहरीले बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित गुप्त बराह–चतरा भित्री सडक खण्डमा गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो।

सोही क्रममा बराहक्षेत्रबाट चतरातर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ४८५१ नम्बरको कार र को ११ प ५६०१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा २२ वटा प्लास्टिकका पोकामा लुकाइराखेको ४१८ किलो गाँजा फेला परेको हो।

पक्राउ परेका व्यक्तिहरू, गाँजा र दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिए ।