प्रधानमन्त्री ओलीको चेतावनीः ‘गलत काम गर्ने जो कोही कारवाहीमा पर्छन्’


प्रधानमन्त्री केपी ओलीले गलत काम गर्ने जो सुकै अब कारावहीमा पर्ने चेतावनी एिका छन् ।

आइतबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले नवनियुक्त मन्त्री र सचिवहरुलाई आफ्नो दायित्वलाई बोध गरी काम गर्न निर्देशन दिँदै गलत काम गर्ने जो कोहीलाई कारवाही गर्ने चेतावनी दिएका हुन् ।

उनले भने, ‘अहिलेको सरकार असमान अवस्थमा बनेकाले यसको दायित्व पनि असाधरण छ । त्यसैले असाधरण दायित्व बोध गरेर काम गर्नुस् । नत्र जो पनि कारवाहीमा पर्न सक्छन् ।’

उनले गलत काम गर्नेलाई कानुनी दायरामा ल्याइ कारबाही गर्ने पनि बताए ।

कार्यक्रममा नवनियुक्त मन्त्री, राज्यमन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement