मुख्यमन्त्री गुरुङले विश्वासको मत गुमाएको पत्र प्रदेश प्रमुखलाई पठाइयो


काठमाण्डु – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वास मत गुमाएको जानकारी प्रदेश प्रमुखलाई जानकारी गराइएको छ ।

मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशभामा विश्वासको मत गुमाएका पत्र प्रदेश प्रमुख सीता पौडेललाई पठाइएको हो । सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुख कार्यालयलाई पत्र पठाएका हुन् ।

अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुपर्ने छ ।

बिहीबारको मतदानमा मुख्यमन्त्री गुरुङले २७ मत पाएका थिए । बहुमतका लागि उनलाई ३१ मतको आवश्यकता पथ्र्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement