गण्डकीका दुई मन्त्रीको मन्त्रालय अन्तिम समयमा हेरफेर


काठमाण्डु- गण्डकी प्रदेश सरकारका दुई मन्त्रीको मन्त्रालय अन्तिम समयमा हेरफेर गरिएको छ। यसअघि आजै मुख्यमन्त्री खगराज अधिकारीले तीनलाई मन्त्रीमा नियुक्त गरेका थिए । जसअनुसार मन्त्रीमा नियुक्त हुनेमा एमालेका रोशन गाहा मगर र वेदबहादुर गुरुङ ‘श्याम’ र माओवादीबाट रेशमबहादुर जुग्जाली रहेका छन् ।

योसँगै ७ सदस्यीय गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । यसअघि मुख्यमन्त्री अधिकारीसहित ४ सदस्यीय मन्त्रिमण्डल विस्तार भएको थियो । यसअघि नियुक्त भएका माओवादीका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम तमुले पनि मन्त्रालय पाएका थिएनन् ।

मंगलबार सत्तारुढ दलहरुबीच भागवण्डा टुंगिएको हो । एमालेको भागमा परेको मन्त्रालयमध्ये आर्थिक मामिलामा रोशन, आन्तरिक मामिला तथा कानुनमा सीता र कृषि तथा जलस्रोतमा वेदबहादुर जाने निर्णय भएको थियो ।

तर, पछि मन्त्रालय फेरिएको छ । रोशनलाई दिन भनिएको आर्थिक मामिला मन्त्रालय सीतालाई दिइको छ भने उनलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय परेको छ ।

त्यस्तै आज नियुक्त भएको तिनै जना मन्त्रीले सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

No description available.

प्रतिक्रिया दिनुहोस
Advertisement