गण्डकी प्रदेशको आठौं स्थापना दिवस आज

गण्डकी प्रदेशको आठौं स्थापना दिवस आज


काठमाण्डु-गण्डकी प्रदेश सरकारले मंगलबार आफ्नो आठौं स्थापना दिवस मनाउँदै छ । यस अवसरमा सरकारले सार्वजनिक बिदा पनि दिएको छ । गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरूमा बिदा दिएको हो ।

यसअघि माघ २२ मा गण्डकी प्रदेशसभा र फागुन ४ मा प्रदेश सरकारको स्थापना दिवस गरी छुट्टाछुट्टै मनाउँदै आए पनि यसवर्षदेखि स्थापना दिवसमात्रै मनाउने निर्णय गरेको हो । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।

प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्थापनाकाल देखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले गण्डकी प्रदेश सरकारले लिएको आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासीको संकल्प पूरा गर्न सरकार कटिबद्ध रहेको पनि जिकिर गरेका छन् ।