गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द

गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गण्डकी – जल तथा मौसम विज्ञान विभागले शनिबार र आईतबार गण्डकी प्रदेशका पहाडी भूभागमा अति भारी वर्षा हुनसक्ने पूर्वानुमान गरेसँगै प्रदेशका ८ जिल्लामा रात्रिकालीन यातायात सेवा बन्द गरिने भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा शनिबार जारी सूचनामा गण्डकीका कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, बागलुङ, पर्वत, म्याग्दीमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइने उल्लेख छ ।

प्राधिकरणले उक्त अवधिमा जरुरी अत्यावश्यकबाहेक घरबाट टाढा नजान र रातिको समयमा यात्रा नगर्न अनुरोध गरेको छ । जुनसुकै बेला बाढीपहिरोलगायत विपद्का घटना हुनसक्ने हुँदा उच्च सतकर्ता अपनाउन र विपद् पूर्वतयारीमा जुट्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले शनिबार र आईतबार कास्कीबाट छुट्ने र जिल्ला हुँदै अन्यत्र जाने रात्रिकालीन यातायात सेवा पूर्णरूपमा बन्द गरिने जानकारी दिए । विपद् प्रतिकार्यका लागि जिल्लाका सबै संयन्त्र तयारी अवस्थामा रहेको उनको भनाइ छ ।