गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै


काठमाण्डु –  गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन्। नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ।  अधिकारीलाई एमालेका २२, नेकपा (माओवादी केन्द्र)का ८, राप्रपाका दुई र स्वतन्त्र निर्वाचित राजीव गुरुङले समर्थन गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement