सरकारमा दाबी गर्दै विपक्षी दलका ३१ सांसदले हस्ताक्षर बुझाए


काठमाण्डु – गण्डकी प्रदेशमा नयां सरकार गठनका लागि विपक्षी दलको गठबन्धनका ३१ प्रदेशसभा सदस्यहरुले प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्ति प्रयोजनका लागि शनिबार दिउंसो ३.०० बजेसम्मको समय तोकेर आधार पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेकी थिईन ।

नेपाली कांग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टी (जसपा) का २ र स्वतन्त्र प्रदेश सदस्य दीपक मनाङ्गेले
नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै मुख्यमन्त्रीसमक्ष दावी पेश गरेका छन् ।

प्रदेश सभामा बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयां सरकार गठनको प्रक्रिया शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement