काठमाण्डु– राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेर गम्भीर घाइते भएका गणेश नेपालीको मृत्यु भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सबै काठमाण्डु महानगर प्रहरी छन् । एक महिला र दुई पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको काठमाण्डु प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई प्रहरी वृत्त कालिमाटीमा राखिएको छ ।
महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएर १० हजार जरिवानाको चिट काटेपछि नेपालीले आत्मदाह प्रयास गरेको अनुमान गरिएको छ । यद्यपि त्यो पुष्टि भने भएको छैन ।
मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए ।
उनको वीर अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।




प्रतिक्रिया