वीर अस्पतालले भन्यो-आत्मदाहको प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, कुनै पनि बेला बिग्रन सक्छ

वीर अस्पतालले भन्यो-आत्मदाहको प्रयास गरेका गणेश नेपालीको अवस्था गम्भीर, कुनै पनि बेला बिग्रन सक्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको अवस्था गम्भीर रहेको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ ।

वीर अस्पतालले शुक्रबार बिहान उनको पछिल्लोअवस्थाबारे जानकारी दिँदै कुनै पनि समयमा अवस्था बिग्रन सक्ने जनाएको छ ।

‘अवस्था अझै पनि हामीले केही भन्न सक्ने अवस्थामा छैन, कुनै पनि समयमा उहाँको अवस्था बिग्रन सक्छ’, अस्पतालले भनेको छ ।

नेपालीको करिब ५५ प्रतिशत शरीर जलेको छ । उनको वीर अस्पतालको बर्न सेन्टरमा मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

उनको उपचारमा विशेषज्ञ टोली २४ सै घण्टा खटिएको अस्पतालले जनाएको छ। बिरामीलाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको भए पनि अवस्था स्थिर नभएकाले त्यो सम्भव नभएको पनि अस्पतालले बताएको छ।

उपचारमा संलग्न चिकित्सकले नेपालीको अनुहारमा आगो लागेर स्वास प्रश्वासमा असर गरेपछि जोगाउन जटिल हुने भए पनि आफूहरूको प्रयास जारी रहेको बताएका छन् ।

​वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ जनाको विशेष टोली उनको जीवन रक्षाका लागि खटिएको छ।