काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले बेथितिपूर्ण बाटोबाट सरकारले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद पराजुलीले सर्वोच्च अदालतको संवैधानिक इजलाश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधिन विषयलाई सरकारले अघि बढाउन लागेको भन्दै संसद्मा सरकारको जवाफसमेत माग गरेका छन् ।
‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधिन विषयलाई सरकारले जुन बेतिथिपूर्ण बाटोबाट लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ,’ सांसद पराजुलीले भने, ‘यसको घोर भ्रष्चना गर्दै सरकारले यस सम्मानित सदनमा उपस्थित भएर यसको स्पष्ट जवाफ दिओस भन्ने माग राख्दछु ।’
उनले स्टक एक्सचेञ्जको लाइसेन्स प्राप्तीका लागि जग्गा नै बैनास्वरुप दान उपलब्ध गराएको अफवाह समेत फैलिएको भन्दै प्रधानमन्त्रीबाटै लाइसेन्स प्राप्तिका लागि पाँच अर्वको खेल भएको धारणा बाहिर आएको समेत बताए ।
तथापी रास्वपाले आफ्नो बाचापत्रमा प्रतिष्पर्धी सेवा प्रदायक संस्था भएमात्र जनताले पाउने सेवा सहज र गुणस्तरीय हुन्छन् भन्ने वाक्यांश राखेकाले नयाँ स्टक एक्सचेञ्ज रास्वपाको माग भएको पराजुलीले बताए ।
यस्तो छ, उनको धारणा
दूर्त रुपमा नयाँ स्टक एक्चेञ्जको लाइसेन्स दिने प्रक्रिया अघि बढेको समाचारहरूमा सुनिइरहेको छ । रास्वपाले आफ्नो बाचापत्रमै भनेको छ – प्रतिष्पर्धी सेवा प्रदायक संस्था भएमात्र जनताले पाउने सेवा सहज र गुणस्तरीय हुन्छन् । तसर्थ नयाँ स्टक एक्सचेञ्ज त हाम्रो पनि माग हो ।
तर के भ्रष्टाचार र घूस प्रकरणले नगिजोलिकन मापदण्डका आधारमा भएको संस्थाको सुधार र नयाँ प्रतिष्पर्धी संस्था स्थापना गर्न सकिदैन । स्टक एक्सचेञ्जको लाइसेन्स प्राप्तीका लागि जग्गा नै बैनास्वरुप दान उपलब्ध गराएको अफवाह समेत नफैलिएको होइन । त्यो बाहेक पाँच अर्वसम्मको खेलोको चर्चा स्वयं प्रधानमन्त्रीज्यूले नै गर्नुभएको जगजाहेरै छ ।
यद्धपी सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधिन विषयलाई सरकारले जुन बेतिथिपूर्ण बाटोबाट लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ, यसको घोर भ्रष्चना गर्दै सरकारले यस सम्मानित सदनमा उपस्थित भएर यसको स्पष्ट जवाफ दिओस भन्ने माग राख्दछु ।
प्रतिक्रिया