सांसद गंगा चौधरीको घोषणाः नेकपा विभाजन भए जबजको पक्षमा लाग्छु


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद गंगा चौधरीले पार्टी विभाजन भए जनताको बहुदलीय जनवाद अंगिकार गर्ने पक्षलाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

आफू एकताको पक्षमा रहेको बताउँदै सांसद चौधरीले कानूनी रुपमा पार्टी विभाजन भए आफू जबजको प्रतिनिधित्व गर्ने पक्षलाई समर्थन गर्ने बताएकी छन् ।

उनले दोस्रो पुस्ताका प्रभावशाली नेताले पार्टीको विडम्बनापूर्ण परिस्थितिलाई टुलुटुलु हेरेर नबस्न पनि आग्रह गरेकी छन् । उनले पार्टीलाई एक ढिक्का बनाउन सशक्त र प्रभावकारी भूमिका खेल्न पनि सुझाव दिएकी छन् ।

‘यदि तपाईहरुले पार्टी एक ढिक्का राख्न र बनाउन सक्नु भएन भने अन्तिममा पार्टी फुट्ने निश्चित नै भयो भने कुनै एउटा पक्षलाई साथ दिनु पर्दा मेरो प्राथमिकता जनताको बहुदलीय जनवादको मुलधार को प्रतिनिधित्व गर्ने राष्ट्रियताको पक्षमा खरो रुपमा उत्रने दुवै मित्र राष्ट्रलाई समदुरीमा राख्न सक्ने ल्याकत भएको जनजीविकाको सवाललाई उच्च प्राथमिकता दिने राजनीतिक स्थिरताको पक्षधर मुलुकको विकास र समृद्धिको लागि खरो उत्रन सक्ने क्षमता भएको र आम जनताले तुलानात्मक रुपमा रुचाएको पक्ष लाई मेरो साथ र सहयोग रहने छ’, उनले भनेकी छन् ।

अहिले हाम्रो पार्टीमा देखिएको विबाद र समस्याको सन्दर्भमा मेरो स्पष्ट धारणा :
मेरो पहिलो प्रयास र प्राथमिकता जनताको…

Posted by Ganga Tharu on Monday, 1 March 2021

 

प्रतिक्रिया दिनुहोस
Advertisement