गोंगबु हत्या काण्डः फेसबुकमा नांगो फोटो राखेपछि अण्डकोषमा हानेर हत्या


काठमाण्डु – आइतबार गोंगबुमा हत्या गरिएका दाङका कृष्णबहादुर बोहोराले फेसबुकमा नाङ्गो फोटो राखेपछि हत्यामा संलग्न महिलाले अण्डकोषमा हानेर हत्या गरेको खुलासा भएको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डु र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर कल्पना मुडभरी पौडेलले कृष्णबहादुरको अण्डकोषमा हानेर हत्या गरेको खुलासा भएको जानकारी दिएको हो ।

कल्पनालाई आज सार्वजनिक गर्दै काठमाण्डु प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कल्पना र कृष्णबहादुरबीच तीन–चार वर्षअघि फेसबुकबाट चिनजान भएको र पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेपछि हत्या गरेको खुलेको जानकारी दिए ।

एसएसपी ज्ञवालीले भने, ‘केही दिनअघि उनले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन् ।’ हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको देखिएको महाशाखाका एसएसपी दीपक थापाले बताए ।

सुटकेशमा टाउको र खुट्टा काटिएको अवस्थामा शव भेटिएपछि प्रहरीले जो जो नामको कुकुरको सहायताले शवको टाउको खुट्टा फेला पारेको थियो । हत्यापछि टाउको र खुट्टा काटेर शव व्यवस्थापन गरुेपछि पौडेल माइती जान्छु भन्दै एम्बुलेन्समा चितवन गएको थिइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement