खाना पकाउने ग्यासको कालोबजारी गर्ने किराना पसल सञ्चालक पक्राउ

खाना पकाउने ग्यासको कालोबजारी गर्ने किराना पसल सञ्चालक पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले १ जना किराना पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ ।

चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनाले सञ्चालन गरेको त्वयना किराना पसलबाट ग्यासको कालोबजारी भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले चेकजाँच तथा अनुगमन गरेर उनलाई पक्राउ गरेको हो ।

अनुगमनका क्रममा उपभोक्तालाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँका दरले एलपी ग्यास बिक्री वितरण गरेको पाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले पसलबाट ३ थान ग्यास सिलिन्डर समेत बरामद गरेको छ । ग्यासको कालोबजारी गरेको आरोपमा पसल सञ्चालक त्वयनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।