ओम र नमस्ते ग्यास उद्योगमा शिलबन्दी


काठमाडौं– गुणस्तर तथा नापतौल विभागले दुई वटा ग्यास उद्योगमा शिलबन्दी गरेको छ।

 

 

विभागले मापदण्ड विपरीत सञ्चालनमा रहेका धादिङको बैरेनीस्थित नमस्ते ग्यास उद्योग प्रालि र धाक्रेको ओम ग्यास उद्योग प्रालिमा शिलबन्दी गरेको हो।

 

 

शिलबन्दी गरिएका दुईवटै उद्योगलाई तीन दिनभित्र आवश्यक कागजात र लिखित जवाफसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका केमिकल इन्जिनियर मनिष कर्णले जानकारी दिए।

 

 

हरेक १० वर्षमा सिलिण्डरको हाइड्रोस्टेटिक परिक्षण गर्नुपर्ने भए पनि ओम ग्यास उद्योग प्रालिले एलपीजी सिलिण्डरको परिक्षण नगरेको पाइएको थियो।

 

नमस्ते ग्यास उद्योग प्रालिले पनि भल्भ मर्मत नगरेको तथा गुणस्तर र तापतौलका मापदण्ड पूरा नगरेको पाइएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement