गठबन्धनमा बिबाद बढेपछी राजदूत नियुक्ति तत्काल अघि नबढ्ने


काठमाण्डु- सत्तारुढ गठबन्धनमा एमसीसीको बिषयलाई लिएर बिबाद बढेसंगै राजदूत नियुक्ति रोकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ दलका शिर्ष नेताहरुसंग राजदूत नियुक्तिका लागी गत साता नाम दिन आग्रह गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले राजदूत सिफारीसका लागी आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीलाई नाम दिएपनि अन्तिममा नियुक्ति रोकिएको हो ।

अहिले चीन, रुस,जापान, मलेसिया, बंगलादेश, म्यानमार, श्रीलंका, दक्षिण कोरिया, स्पेन, डेनमार्क, ब्राजिल, दक्षिण अफ्रिका, अस्ट्रेलियालगायत २० दिनमा राजदूक्त रिक्त छ ।

२० मध्ये दुई दर्जन राजनीतिक दलको कोटाबाट र बांकी परराष्ट्र मन्त्रालयबाट राजदूत बनाउने तयारी थियो । तर, दलहरुको बीचमा मतभेद बढेसंगै केही समय नियुक्ति नहुने भएको हो ।

नेपाली कांग्रेस एमसीसी जस्ताको त्यस्तै संशोधन गर्ने पक्षमा छ । माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन गरेर मात्र एमसीसी पास गर्नेमा उभिएपछि गठबन्धनमा बिबाद बढेको छ । त्यही बिबादका कारण प्रधानमन्त्री देउवा तत्काल राजदूत नियुक्ती अघि नबढाउने पक्षमा रहेको स्रोतले बतायो । तर, चीन,जापान र अस्ट्रेलियामा भने राजदूत नियुक्त गर्ने पक्षमा उनि छन् ।

परराष्ट्रमन्त्रालयबाट सहसचिवहरु लोकबहादुर थापा, दुर्गा बहादुर सुवेदी, निर्मलराज काफ्ले,हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, तेजबहादुर क्षेत्री र भरत रेग्मीलगायतलाई राजदूत बनाउने तयारी थियो ।

पुर्व मुख्यसचिव लिलामणी पौडेल, शर्मिला पराजुली ढकाल, रुपक सापकोटा,मिलन तुलाधार, प्रमेश हमाल र सृष्ठी राणा समेत राजदूत बन्नेमा थिईन ।

प्रतिक्रिया दिनुहोस
Advertisement