‘गौर हत्याकाण्ड’ सम्बन्धी मुद्दा न्यायाधीश रेग्मीको इजलासमा


काठमाण्डु- गौर हत्याकाण्डसम्बन्धी रिट न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको छ । नरसंहारको दोषीमाथि छानबिन गरी कानुनी कारबाही गर्न माग गर्दै त्रिभुवन साहले सर्वोच्चमा रिट दर्ता गराएका हुन् । उक्त मुद्दाको पेसी आजका लागि तोकिएको हो ।

२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादीले एकै स्थानमा मञ्च तयार पारी कार्यक्रमको आयोजना गर्दा २८ जना माओवादी कार्यकर्ताको हत्या भएको थियो । हत्यामा फोरमसम्बद्ध नेता–कार्यकर्ता तथा आपराधिक समूहको हात रहेको दाबी गरिएको थियो ।

हत्याकाण्डविरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिँदा प्रहरीले छानबिन गरी दोषीमाथि मुद्दा दायर नगरेको भन्दै पीडितका परिवार तथा आफन्तले आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए । पीडित परिवारका तर्फबाट त्रिभुवन साहले रिट दर्ता गराएका छन् भने उक्त घटनाको पुनः अनुसन्धान र प्राप्त प्रतिवेदनका आधारमा मुद्दा दायर गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement