परराष्ट्रमन्त्री ज्ञवाली र कांग्रेस उपसभापति निधि बाजपेयीको अन्त्येष्टिमा सहभागी


काठमाडौं- बिहीबार निधन भएका भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयको अन्तेष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत पुगेका छन्। परराष्ट्र मन्त्रालयका एक सहसचिवसहित ज्ञवाली शुक्रबार बिहान भारत गएका हुन्।  यसैगरी नेपाली कांग्रेसले कार्यबाहक सभापतिसमेत रहेका उपसभापति विमलेन्द्र निधिलाई पठाएको छ ।

बाजपेयीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी उनले दुःख व्यक्त गरेका हुन्।

बिहीबार ९३ वर्षको उमेरमा निधन भएका वाजपेयीको शुक्रबार अपराह्न अन्त्येष्टि गरिने भएको छ । भारतीय जनता पार्टीका संस्थापकसमेत रहेका वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए । उनको एम्समा उपचार भएको थियो । त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो ।

मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो । उनको मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement