गूप्तचर हेर्ने अमेरिकी सेनाका दुई तारे जर्नेलले नेपालको गोप्य भ्रमण गरेर फर्केको खुलासा

गूप्तचर हेर्ने अमेरिकी सेनाका दुई तारे जर्नेलले नेपालको गोप्य भ्रमण गरेर फर्केको खुलासा


काठमाण्डु– अमेरिकी सेनाका दुई तारे जर्नेलले नेपालको गोप्य भ्रमण गरेर फर्केका छन् । सैनिक स्रोतले दिएको जानकारीअनुसार अमेरिकी सेनाका मेजर जनरल केथ सी फिलिप्सको नेतृत्वमा चार सदस्यीय टोली नेपाल आएको हो ।

सिंगापुर एयरलाइन्सको उडान नम्बर एसक्यु ४४२ बाट फिलिपिन्सको मनिलाबाट सिंगापुर हुंदै उक्त टोली काठमाण्डौं आएको थियो । उनि अमेरिकी सेनाको गूप्तचर ऐजेन्सीको अपरेशन हेर्ने निर्देशक हुन् । उनि अमेरिकी दूतावासको कार्यक्रममा आएको स्रोतको दावी छ । तर, उनको भ्रमणलाई दुवै पक्षले गोप्य राखेको छ ।

रक्षा गूप्तचर मामिला हेर्ने अमेरिकी सेनाका दुई तारे जर्नेलको भ्रमणबारे सैनिक प्रवक्ता सहायकरथी गौरव केसीले समेत अनभिज्ञता प्रकट गरे ।

तर, होटल मेरियटमा बसेका फिलिप्सले काठमाण्डौंको स्वयम्भुको भ्रमण गर्नुका साथै सेनाका उच्च अधिकारीसंग सैनिक मुख्यालयमा भदौ ७ मा भेटवार्ता गरेको गरेको सैनिक स्रोतले जानकारी दिएको छ ।

उनि भदौ ८ मा कतार एयरबाट दोहा हुंदै अमेरिका फर्केका थिए । फिलिप्सको भेटवार्ताबारे समेत सेनाले कुनै जानकारी सार्वजनिक गरेको थिए ।