काठमाण्डु– गर्मी मौसम सुरु भइसकेको छ। योसँगै घाममा डढ्ने समस्या पनि आउँछ। गर्मीको समयमा घरबाट बाहिर निस्कदा चर्को घामले हाम्रो छाला डढ्ने गर्दछ ।
लामो समयसम्म घाममा बसेर काम गर्नाले पनि छाला डढ्ने गर्दछ । घामले छाला डढ्दा छाला सम्बन्धी विभिन्न रोगको खतरा बढ्दछ ।
छाला रुखो हुने, कालो दाग र छालाको क्यान्सर जस्ता रोग पनि हुने गर्दछ । छाला डढ्दा दुख्ने, पोल्ने, रातो हुने, सुन्निने जस्ता समस्याहरु देखापर्दछ तसर्थ आफु घरबाट बाहिर निस्कदा छालाको बिशेष ख्याल राख्नुपर्छ ।
घाममा डढ्नबाट बच्न निम्न उपाय अप्नाउन सकिन्छ :
–सकेसम्म घाममा ननिस्कने । निस्कनै परेमा छालाको सुरक्षामा पुर्ण रुपमा ध्यान दिने ।
–घामबाट आँखा जोगाउनको लागि सनग्लासको प्रयोग गर्ने ।
–शरीरलाई घामबाट जोगाउन पुरै कपडा लगाउने, शरीरको सबै अंग ढाक्ने गरी कपडा लगाउने ।
–सनस्क्रिनको प्रयोग गर्ने ।
– छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउने।
घामले डढेको छालालाई फेरी उस्तै बनाउन घरेलु उपाय :
– जौको खोले हालेर नुहाँउदा पनि घामले डढेको दाग हट्छ।
– चिसो दुधले शरिरलाई पखाल्दा पनि शरिर डढेको निको हुन्छ।
–एक चम्चा चामललाई ३ चम्चा काँचो दुधमा भिजाई दिने। राम्रो संग चामल भिजेपछि त्यसमा आधाचम्चा बेसार आधा चम्चा मुसुरोको दाललाई एकै ठाउँ राखेर पिस्ने । पेष्ट बनाउँदा यदि दुध नपुग्ने भए दुध थप गर्ने । उक्त पेष्टलाई अनुहारमा या भनौं घामले डढेको ठाउँमा लगाउने । यसो गर्दा घामले डढेको छाला हटेर जानुका साथै छालामा निखारता पनि आउँछ।
– काँक्रोलाई टुक्रा–टुक्रा पार्नुहोस् र त्यसलाई पिसेर तरल बनाउनुहोस्। यो रसलाई शरिरको प्रभावित क्षेत्रमा दल्नुहोस् घामले डढेको केही दिनमै हराउँछ।
– कालो चियामा पनि एन्टि–अक्सिडियन्ट तत्व हुन्छ। घामबाट डढेको छालाको सौन्दर्यलाई पूर्ववत अवस्थामा फर्काउन कालो चियाको केही थोपा लगाउनुहोस्।
– पुदिना प्राकृतिक रुपमा नै शितलता प्रदान गर्ने चिज हो। तसर्थ दैनिक एक गिलास पुदिनाको जुस खाएर पनि घामबाट डढेको छालामा निखारता ल्याउन सकिन्छ।
– कटनको कपडालाई भिनेगरमा भिजाउनुहोस् र घामले डढेको भागमा लगाउनुहोस्।
प्रतिक्रिया