एमाले बैठक : वाममोर्चा बनाएर जान नेतृत्वलाई घनश्यामको प्रस्ताव

एमाले बैठक : वाममोर्चा बनाएर जान नेतृत्वलाई घनश्यामको प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता घनश्याम भुषालले आगामी निर्वाचनमा वाममोर्चा बनाएर जानुपर्ने प्रस्ताव गरेका छन् ।

साउन ७ गते बसेको पार्टीको स्थायी कमिटी बैठकमा फरक मत पेस गर्दै नेता भुसालले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसधा चुनावमा वाममोर्चा बनाएर गए संघीय संसदको प्रत्यक्षतर्फको १६५ सिटमध्ये १५० सिटसम्म ल्याउन सकिने ठोकुवा गरेका छन् ।

‘त्यसको अर्थ संसदमा दुई तिहाई भन्दा बढी हो। वाममोर्चा नबन्दा कम्युनिष्ट पार्टीले गुमाउने कुरा छर्लङ्गै छ। कम्युनिष्ट पार्टी विभाजित हुने र नेपाली कांग्रेसले एमालेका विरुद्व कम्युनिष्ट पार्टीहरुलाई नै प्रयोग गर्ने अवस्था देखिँदैछ। त्यसो भएमा आगामी निर्वाचनमा मात्रै होइन कम्युनिष्ट पार्टी र आन्दोलनलाई धेरैपछिसम्म असर गर्नेछ । यसलाई कुनैबहानावाजीले ढाकछोप गर्न सक्दैन’, भूषालले आफ्नो प्रस्तावमा उल्लेख गरेका छन्।

उनले वाम वर्चस्व पुनस्र्थापना गर्ने काम सबैभन्दा महत्वपूर्ण रहेको ठहर गरेका छन् । नेता भुषालले यो काम एमालेको नेतृत्वमा मात्रै सम्भव हुने हुँदा त्यसको पहलकदमी लिन पार्टी पंक्तिलाई आग्रह गरेका छन्।

‘फेरि वाम मोर्चा वा एकताको पहल गर्दा यसभन्दा पहिलेको एकता किन टिक्न सकेन भन्ने कुरा हामीले दुनियाँलाई बताउनु पर्छ। आरोप प्रत्यारोपका लागि अनेकौँ मुद्दा छन् तर त्यस एकताको प्रक्रियामा गम्भीर त्रुटी थियो। जतिसुकै जिम्मेवार भए पनि व्यक्तिलाई केन्द्रमा राखेर गरिने अभियान दिगो र फलदायी हुँदैनन्। त्यस एकता प्रक्रिया मूलतः दुई जनालाई जिम्मा लगाएर वा दुई जनाले जिम्मा लिएबाटै विभाजनको बीउ रोपिएको थियो। त्यस कमजोरीले अरु घटनाहरुलाई जन्मायो। हामीले त्यसबाट शिक्षा लिनु पर्छ। प्रथमतः यस विषयमा हामी स्पष्ट हुनु पर्छ’, उनले प्रस्तावमा भनेका छन्।