घनश्याम भुसाललाई एकीकृत समाजवादीको स्वागत पत्र


काठमाण्डु- नेकपा (एकीकृत समाजवादी) ले एमाले छाडेका घनश्याम भुसाललाई पार्टीमा प्रवेश गराउन औपचारिक पक्रिया थालेको छ ।

एकीकृत समाजवादीले नेता भुसाललाई पार्टीमा प्रवेश गराउन बुधबार अपरान्ह स्वागत पत्र पठाएको हो । यसभन्दा अघि भुसालले नेकपा एसलाई पत्रमार्फत विभिन्न प्रस्ताव रोखेका थिए । त्यसपछि भुसाल एकीकृत समाजवादीको निर्णयलाई कुरिरहेका थिए ।

यसैबीच पार्टी अध्यक्ष माधवकुमार नेपालले भुसालको पत्रमा उल्लेख प्रस्तावलाई सम्बोधन गर्दै स्वागत पत्र पठाइएको बताएका छन् । माधव नेपालले अन्य नेताहरु पनि पार्टीमा आउने तयारीमा रहेको दावी गरे ।

भुसालले एकीकृत समाजवादीमा महासचिव दाबी गरिरहेका छन्। मंसिर ४ गते भएको संघ र प्रदेशसभाको निर्वाचनमा टिकट नदिएपछि भुसालले एमाले त्याग गरेका थिए । उनले एमाले छाड्दै रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए। प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेको भुसाल पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement