घर र गाडी किन्न दिइने ऋणमा कडाइ गरिने

घर र गाडी किन्न दिइने ऋणमा कडाइ गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले घर र गाडी किन्नका लागि दिइने ऋणमा कडाइ गर्ने भएको छ। बुधबार जारी मौद्रिक नीतिमा ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा कायम गरिने उल्लेख छ।

राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाका अनुसार कुनै व्यक्तिको आम्दानीको आधारमा उसले तिर्न सक्ने किस्ता आँकलन गरेर राष्ट्र बैंकले सीमा तोक्ने छ। मौद्रिक नीतिमा भएको यो व्यवस्था कार्यान्वयनका लागि चाँडै नै सर्कुलर जारी गरिने उनले जानकारी दिए।

घर वा गाडी खरिदका लागि कर्जा दिँदा व्यक्तिले मासिक आम्दानीको कति प्रतिशत किस्ता तिर्न सक्छ, सोही अनुपातमा मात्रै ऋण दिन सकिने प्रवक्ता निरौलाले जानकारी दिए। यो खबर कान्तिपुर दैनिकमा छ ।