घरायसी विवाद हुँदा छोराले गरे बुवाको हत्या,आमा गम्भीर घाइते


कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–११ मा धारीलो हतियार प्रयोग गरी छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।आक्रमणबाटै आमा गम्भीर घाइते भएकी छन् ।

घोडाघोडी नगरपालिका-११ सिसैयामा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति करिब ११:३० बजे धारिलो हतियार हसिया प्रहार गर्दा ७५ वर्षीय बुबा काल्चे रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले जानकारी दिए ।

बावुमाथिको आक्रमणबाट जोगाउन आएकी आमा नन्दे रावत पनि गम्भीर घाइते भएको र उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

घरायसी विवादका कारण छोराले आफ्नै बुबामाथि धारीलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । हत्या गरी फरार रहेका उदे रावतलाई आइतबार राति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय, सुखडमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement