सत्ता गठबन्धनको बैठक बस्दै,यी विषयमा हुँदैछ छलफल


काठमाण्डु – पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । आज (शुक्रबार) विहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।

मंसिर ४ गतेका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति तोकिएसँगै सत्ता गठबन्धनका दलहरु छलफलमा जुटेका हुन् ।आजको बैठकले निर्वाचनमा सीट तालमेलका लागि एउटा कार्यदल बनाउने तयारी रहेको एक नेताले जनाएका छन् ।

यसअघि स्थानीय तह निर्वाचनमा महानगर, उपमहानगरसहित कतिपय स्थानमा गठबन्धन गरेर निर्वाचन गरेर ति दलले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने जनाएका छन् ।

नेपाली कांग्रेसले त केही समयअघि बसेको केन्द्रीय समिति बैठकबाट तालमेल गरेर निर्वाचनमा जाने निर्णय गरिसकेको छ भने अन्य दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजावादीले पनि तालमेल गरेर अघि बढ्ने निर्णय गरेका थिए ।

बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको थियो । ०७४ मा जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्यक्तित्व र सांगठनिक शक्तिलाई आधार बनाएर तालमेलको मोडालिटी बनाउनेबारे गठबन्धनमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement