प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा तालमेल गर्ने गठबन्धनबीच सहमति


काठमाण्डु – पाँच दलीय गठबन्धनबीच मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धनमा रहेका पाँचै दलबीच तालमेल गरेरै चुनाव लड्ने सहमति भएकाे हाे ।

त्यस्तै तालमेल सम्बन्धी सबै काम भदौ पहिलो साताभित्र सम्पन्न गर्नेगरी कार्यदल बनाउने सहमति भएको एक नेताले जानकारी दिए ।

सिट बाँडफाँडको टुंगो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदलसमेत गठन गरिएको छ । सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको थियो ।

बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement