प्रहरीलाई पाँच सय रुपैयाँ दिन खोज्ने दुई जना पक्राउ


काठमाडौं – ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–९ घर भएका २० वर्षीय भरत केसी र सोही ठाउँ बस्ने यमन दाहाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंको तिनकुनेस्थित महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले बा.९५ प ४२९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालकले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकाले कारबाहीबाट बच्न मोटरसाइकलमा सवार यमनले नगद ५ सय रुपैयाँ दिई प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement