घुससहित पक्राउ परेका नगर प्रमुख र उनका छोराविरुद्ध विशेष अदातलमा मुद्धा दायर


काठमाण्डु – सिरहाको कल्याणपुर नगरपालिकाका प्रमुख र उनका छोरा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएका टोलीले घुस लिएको आरोपमा नगर प्रमुख सूर्यनाथ मण्डल धानुक र उनका छोरा सन्त मण्डललाई पक्राउ गरेको हो ।

उनीहरुले सेवाग्राहीसँग पाँच लाख घुस लिएको अख्तियारले पुष्टि गरेको छ ।  नगरपालिकाले सम्पन्न गरेको डिपिआरको भुक्तानीका लागि कमिशनस्वरुप सेवाग्राहीसँग नगरप्रमुख मण्डलले पाँच लाख मागेको र सो रकम लिन छोरा पुगेका थिए । सोही क्रममा रकम लिँदै गर्दा दुबै जनालाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सूचना अधिकारी तारानाथ अधिकारीले जानकरी दिएका छन् ।

पक्राउ परेका नगरप्रमुख मण्डल र छोरा सन्तलाई अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास लगिएको थियो । उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजायको माग गर्दै विशेष अदालत, काठमाण्डुमा आरोप–पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement