खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ : ज्ञानेन्द्र कार्की


काठमाण्डु- सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । उनले पछिल्ला केही दिनयता कोरोना संक्रमणको दर निकै बढेको हुँदा संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताएका हुन् ।

‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्र गतिमा अगाडि बढेको छ ।’ बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत कार्कीले यस्तो जानकारी दिएका छन् ।

यसका साथै कार्कीले कोरोना रोकथामका लागि नागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement