ग्लोबल आइएमई बैंकद्वारा ५ बर्षे ‘ग्लोबल आइएमई बैंक डिबेन्चर’ निस्कासन


काठमाण्डु – ग्लोबल आइएमई बैंक लिमिटेडले ५ बर्ष अवधिको “११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४÷८५” निस्कासन गरी बिक्री खुला गरेकोे छ ।

बैंकले ५ अर्ब रुपैयाँ बराबरको १,००० प्रति ऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र आइतबारदेखि निस्कासन गरेको हो ।

निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।

सर्वसाधारणलाई निस्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । जसमध्ये बिक्रि हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्रि गरिनेछ । यसर्थ सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्नेछन ।

बैंकद्धारा जारी गरिएको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निस्कासन तथा बिक्री छिटोमा फाल्गुन ३ गते गते र ढिलोमा फाल्गुन १४ गतेसम्म बन्द हुने गरी तोकिएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेडको यस ऋणपत्रको अवधि ५ वर्षको रहेको छ । वार्षिक ११.२५ प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने छ ।

बैंकले ऋणपत्रको निस्कासन तथा बिक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेडलाई तोेकेको छ । लगानीकर्ताले मेरो सेयरमार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु एवंम् तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा ३६५ शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३६९ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement